
आइपिएल नयाँ फर्म्याटमा : लिगमा ७० खेल, प्रत्येक टिमले १४ खेल खेल्ने, ५ टिमसँगमात्रै २ खेल
२६ मार्चदेखि २९ मेसम्म आयोजना हुने नयाँ संस्करणको इन्डियन प्रियिमर लिग (आइपिएल)को फर्म्याट परितर्वत हुने भएको छ। आइपिएल गभर्निङ काउन्सिलले प्रतियोगिताको मिति तय गर्दै फर्म्याट पनि परिवर्तन गरेको छ।
डलब राउन्ड रोबिनका आधारमा हुँदै आएको प्रतियोगितामा अब त्यस्तो हुने छैन। लिग चरणमा जम्मा ७० खेल हुने छन्। जसमा सहभागी १० टिमलाई लिग चरणमा १४ खेल खेल्नेछन्। आइपिएलमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ।
कसरी गरियो समूह विभाजन
आइपिएल गभर्निङ काउन्सिलले सहभागी १० टिमको सर्वाधिक उपाधि जित्ने, फाइलन पुग्ने र प्लेअफ पुगेको आधारमा टिमको वरियता निर्धारण गरेको थियो। जसमा मुम्ईब इन्डियन्स शीर्ष स्थानमा रहँदा चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ।
यस्तै कोलकता तेस्रो, हैदरावाद चौथो, राजस्थान पाँचौं, बैंग्लोर छैठौं, दिल्ली सातौं र पञ्जाब किंग्स आठौं स्थानमा छन्। नयाँ टिम गुराजत र लखनउलाई भने वरीयता निर्धारण गरिएको छ।
वरीयताको विजोर नम्बरका रहेका टिमलाई समूहमा ‘ए’मा राखियो भने जोर नम्बरमा रहेका टिमलाई समूह ‘बी’मा राखियो। वरीयतामा नरहेका लखनउलाई समूह ‘ए’ र गुराजतलाई समूहमा ‘बी’मा राखियो।
कुन समूहमा कुन टिम?
आइपिएलको फर्म्याट परिवर्तन भएसँगै आयोजकले १० टिमलाई २ समूहमा विभाजन गरेको छ। जसमा समूह ‘ए’मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन्।
यस्तै, समूह बीमा चेन्नई सुपर किंग्स, सनराइसर्ज हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, पञ्जाब किंग्स र गुरात टाइटन्स छन् ।

कुन–कुन टिमबीच हुन्छ दुई खेल
समूहमा डबल राउन्ड रोबिन लिग हुनेछ। जसअनुसार सामूहमा रहेका टिमले आपसमा दुईपटक खेल्ने छन्। यस्तै, एउटा समूहका टिमले अर्को समूहका टिमसँग पनि खेल्नेछन्। जसमा अर्को समूहको १ टिमलाई २ खेल र बाँकी ४ टिमसँग १ खेल खेल्नेछन्।
दुई समूहमा एउटै वरीयतामा रहेका टिमबीच दुई खेल खेल्नेछन्। यसअनुसार समूह ‘ए’को मुम्बई समूह बीको चेन्नईसँग २ खेल खेल्नेछ भने अरु टिमसँग १ खेल मात्र खेल्नेछ। यस्तै, विपक्षी समूहका कोलकाता र हैदरावाद, राजस्थान र बैंग्लोर, दिल्ली र पञ्जाब तथा लखनउ र गुराजनले पनि आपसमा २ खेल खेल्नेछन्।
लिगका खेल मुम्बई र पुनेमा
यसपटक आइपिएलमा लिग चरणका सबै खेल महाराष्ट्रका दुई सहर मुम्बई र पुनेमा मात्र खेलाइनेछ। जसमा मुम्बईका ३ र पुनेको १ रंगशालामा खेल हुनेछ। मुम्बईमा ३ रंगशालामा कुल ५५ र पुनेमा १५ खेल हुनेछ।
आयोजकका अनुसार मुम्बईका वानखेडे, डा. डिवाई पाटिल स्टेडियम र ब्रेबोर्न स्टेडियममा खेल हुने छ भने पुनेको एमसिए इन्टरनेशनल स्टेडियममा खेल हुनेछ। वानखेडे र डा. डिवाई पाटिल रंगशालामा २०–२० खेल हुने छ भने ब्रेबोर्न र एमसिएमा १५–१५ खेल हुने छ।
सबै १० टिमले वानखेडे र डा. डिवाई पाटिल रंगशाला समान चार खेल खेल्नुपर्नेछ भने ब्रेबोर्न र एमसिएमा समान तीन खेल खेल्नुपर्नेछ।