चेन्नईको लगातार तेस्रो हार, पञ्जाबसँग ५४ रनले पराजित

Read Time:2 Minute

जारी आइपिएलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले लगातार तेस्रो हार बेहोरेको छ। प्रतियोगितामा तेस्रो हार बेहोर्ने क्रममा चेन्नई आइतबार पञ्जाब किंग्ससँग ५४ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा चेन्नई सुपर किंग्सको यो लगातार तेस्रो हार हो।

१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा १ सय २६ रनमा समेटियो। चेन्नईका शिवम दुबेले ३० बलमा सर्वाधिक ५७ रन बनाए भने महेन्द्रसिंह धोनीले २८ बलमा २३ रन जोडे। अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्।

पन्जाबका स्पिनर राहुल चाहरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोनले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। त्यसैगरी, आरोराले २, कागिसो रबाडा, अर्शदीपसिंह र ओडेन स्मिथले १–१ विकेट लिए।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो। पन्जाबका लियाम लिभिङस्टोनले ३२ बलमा सर्वाधिक ६० रन बनाउ भने शिखर धवनले २४ बलमा ३३ रन जोडे।

चेन्नईका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए भने ड्वेन प्रिटोरियसले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए। त्यसैगरी, मुकेश चौधरी, ड्वेन ब्राभो र रविन्द्र जडेजाले १–१ विकेट लिए।

पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको थियो। पन्जाबले अव शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ।

चेन्नई भने पहिलो खेलमा कोलकाता र दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग समान ६–६ विकेटले पराजित भएको थियो । अव शनिबार सनराइजर्स हैदराबादसँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो
Next post उपाधिका लागि पपुवा न्युगिनीसँग भिड्दै नेपाल
Close