
दक्षिण अफ्रिकामा होला त आईपिएल ?
क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल)को १५औं संस्करण नजिकिँदै छ। तर, अहिलेसम्म आईपिएल कहाँ हुन्छ यकिन भएको छैन।
यो पटक आईपिएल कहाँ हुन्छ, भारत, युएई या दक्षिण अफ्रिका ? भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले यो पनि आईपिएल विदेशी भूमिमै हुने सम्भावना प्रवल छ ।
आईपिएल कहाँ आयोजना गर्ने त्यसको टुंगो भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले फेब्रअरी २०मा लगाउने छ । आयोजना स्थल सम्भवतः युएई या दक्षिण अफ्रिका हुनेछ।
आईपिएपलमा भारतमा गर्न नसक्ने अवस्था आएपछि प्रतियोगिता अयोाजनाका लागि दक्षिण अफ्रिकाले पनि चासो देखाएको छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डले आईपिएल दक्षिण अफ्रिकामा गर्न बिसिसिआईसमक्ष प्रस्ताव पनि गरेको छ।
दक्षिण अफ्रिकाले आईपिएल आयोजनाका लागि युएईमा दक्षिण अफ्रिकामा भन्दा सस्तो हुने उल्लेख गरेको छ। खर्चका हिसाबले पनि मितव्यसी हुने भएकाले पनि बिसिसिआईले आईपिएल दक्षिण अफ्रिकामा गर्ने बारेमा छलफल गरिरहेको बताइएको छ।
आईपिएल दक्षिण अफ्रिका गराउन सके त्यहाँ क्रिकेटको क्रेज थप बढ्ने हुनाले पनि दक्षिण अफ्रिका क्रिकेट बोर्ड आईपिएल आयोजना गर्न कस्सिएको हो।