आइपिएलक्रिकेट

अहमदावाद आसपास वर्षा, वर्षाले खेल विथाले के हुन्छ ?

आज १६औं संस्करणको आईपिएपलको फाइनल हुँदैछ। गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीचको उपाधि भीडन्त साँझ ७ः४५ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुनेछ।

केही दिनयता अहमदावाद वर्षा भइरहेकाले फाइनल पनि प्रभावित हुनसक्ने आशंका गरिएको छ। अहिले अहमदावाद असपासमा पानी परिरहेको र मौसम विभागले ३ दिनसम्म पानी पर्ने बताएकाले फाइनल प्रभावित हुने आशंक गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अहमदावादमा अहिले बादल छाइरहेको छ । तर, तत्कालै वर्षाको सम्भावना नरहेको बताइएको छ। आसपास पानी परिरहेकाले अहमदावादमा पानी पर्दैन भनेर ठोकुवा गर्न नसकिने मौसम विभागले जनाएको छ।

आईपिएलमा रिजर्भ डेको व्यवस्था नभएको र जस्तोसुकै अवस्थामा आजै विजेताको टंगो लाग्ने आईपिएल कमिटीका अध्यक्ष अरुण धुमलले बताएका छन् । ‘अहिले फाइनलका लागि रिजर्भ डेको व्यवस्था छैन,’ उनले भने, ‘तर, हामी वर्षा भएको स्थितिमा लामो समयसम्म प्रतिक्ष गर्नेछौं । आवश्यकता परे सुपर ओभरबाट पनि रिजल्ट निकाल्ने छौं।’

पानी परे कसरी हुन्छ उपाधिको छिनोफानो ?

म्याचका क्रममा पानी परको यस्तो अवस्थामा डक वर्ड लुइस मेथर्ड लागू गरिनेछ। तर, यसका लागि एक इनिङ र अर्को इनिङको पनि ५ ओभर खेल हुनुपर्ने छ। त्यस्तो हुन नसके खेल टाइ हुनेछ।
वर्षाका कारण खेल हुन नसकेको अवस्थामा सुपर ओभरबाट खेलको निर्णय लिइनेछ।

वर्षाका कारण सुपर ओभर पनि हुन नसकेको अवस्थामा गुजराज टाइटन्स च्याम्पियन बन्ने छ। किनभने लिग चरणमा गुजरात शीर्ष स्थानमा थियो।