१६औं संस्करणको आईपिएलको फाइलन आज हुँदैछ। अहमदावादमा राति ७ः४५ बजे हुने फाइनलमा उपाधिका लागि डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सको सामाना गर्दैछ।
१० टिम सहभागी आईपिएपलमा गुजरात लिगमा पहिलो र चेन्नई दोस्रो भएको थियो। पहिलो क्लालिफायरमा गुजरातलाई हराउँदै चन्नईले १०औं पटक फाइनलमा स्थान बनाएको हो भने पहिलो क्वालिफायरमा पराजित भएपनि गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई स्तब्ध बनाएको थियो।
घरेलु मैदानमा गुजराजत लागतार दोस्रो पटक उपाधि जित्दै चेन्नई र मुम्बईको रेकर्ड बराबरी गर्ने दाउमा छ। यसअघि चेन्नईले २०१० र २०११मा र मुम्बईले २०१९ र २०२०मा लागतार उपाधि जितेको थियो।
यता, चेन्नई पनि उपाधि जित्दै सर्वाधिक उपाधि जित्ने मुम्बई इन्डियन्सको रेडर्क बराबरी गर्ने दाउमा छ। अहिलेसम्म मुम्बईले ५ र चेन्नइृले ४ उपाधि जितेका छन्।
उपाधि भीडन्तमा गुजराजतको नेतृत्व हार्दिक पाण्ड्याले गर्ने छन् भने चेन्नईको लिड आईपिएपल इतिहासकै सफल कप्तान महेन्द्रसिंह धोनीले गर्ने छन्।
गुजरातको उपाधि जित्ने अभियानमा ओपनर शुबमन गिल, बलरहरू मोहम्मद सामी, रसिद खान र मोहित शर्मा महत्वपूर्ण हुनेछन्। यी चारै खेलाडी अहिले उच्च फर्ममा छन्।
गिल जारी सिजन सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ३ शतकसहित ८५१ रन बनाएका छन्। उनले पछिल्ला ४ खेलमा तेस्रो शतक बनाएका छन्। यता, सामी, रसिद र मोहित पनि जारी सिजन उत्कृष्ट लयमा छन्। यी तीन बलर यो सिजन सर्वाधिक विकेट लिनेको सूचमा छन्।
सामी जारी सिजन पावरप्लेमा निकै घातक सावित भएका छन् भने रसिद मिडल अर्डरमा गुजरातलाई ब्रेकथ्रु दिलाउने बलर हुन्। यता, मोहित भने मिडल र डेथ ओभरमा मोहितले जादुयी प्रदर्शन गरिरहेका छन्। सामी, रसिद र मोहितले क्रमशः २८, २७ र २४ विकेट लिएका छन्।
यता, पाचौं उपाधि जित्ने योजनामा रहेको चेन्नईको ब्याटिङ टप अर्डरमै निर्भर छ। त्यसमा पनि ओपनरद्वय डेभोन कन्वे र रुतुराज गायकवाडको भूमिका हुनेछ। यी दुईले ६ सयमाथि रन बनाएका छन्। विस्फोट ब्याटिङ गरिरहेका शिभम दुवे पनि महत्वपूर्ण हुनेछन्।
बलिङमा उसका लागि पावरप्लेमा दीपक चहर तथा मिडल अर्डरमा रविन्द्र जडेजा र डेथ ओभरमा मथिसा पथिराना महत्वपूर्ण हुनेछन्।