आईपिएल मेगा अक्सन : मिलर, सकिब र स्थिममाथि लागेन बोली

Read Time:1 Minute

इन्डियन प्रिमियर लिग (आईपिएल)को मेगा अक्नस अहिले बैंगोरमा जारीछ । जारी अक्सनमा अहिलेसम्म श्रेयस ऐयर, कागिसो रबाडा, हर्षल पटेल, ट्रेन्ड बोल्ट लगाय खेलाडीमा महँगो मूल्य लाग्दा केही स्टार खेलाडी भने अनसोल्ड भएका छन्।

श्रेयस ऐयरलाई कोलकाता नाइटराइडर्सले १२ करोड २५ लाखमा किन्दा हर्षल पेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले १० करोड ७५ लाखमा किन्यो । यस्तै, ट्रेन्ट बोल्ट ८ करोडमा राजस्थान रोयल्समा, कागिसो रबाडा ९ करोड २५ लाखमा पञ्जाब किंग्समा आबद्ध भएका छन् ।

मेगा अक्सनमा अनसोल्ड हुने खेलाडीमा अस्ट्रेलियका स्टिभ स्मिथ, दक्षिण अफ्रिका डेभिड मिलरसँगै ंबंगलादेशका अलराउन्डर सकिब अल हसन पनि छन्।

आईपिएलकै सफल ब्याट्सम्यान मध्येका एक भारतीय खेलाडी सुरेश रैनामाथि पनि मेगा अक्सनमा कसैले चसो दिएनन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चलेन नेपालकाे बलिङ, युएईसँग २५ रनले पराजित
Next post अक्सन चलाइरहेका ह्युज एडमिड्स बेहोस भएपछि रोकियो आईपिएल मेगा अक्सन
Close