
आईपिएल मेगा अक्सन : वार्नर दिल्लीमा, डि कक लखनउमा
Read Time:1 Minute
इन्डियन प्रिमियर लिगको मेगा अक्सन अहिले जारी छ । जारी अक्सनमा केही स्टार खेलाडीहरुमाथि बोली लागेको छ।
अक्समान दिल्ली क्यापिटल्सले अस्ट्रेलियन ओपनर डेभिड वार्नरलाई किनेको छ। लामो समय सनराइजर्स हैदरावादका लागि आईपिएल खेलेका वार्नरलाई दिल्लीले ६ करोड २५ लाखमा किनेको हो ।
यस्तै, केही सिजन यता मुम्बई इन्डियन्सका लागि खोरिहेका विकेटकिपर ब्याट्म्यान क्वेन्टर डि कक नयाँ क्लब लखनउ सुपर जाइन्ट्समा आबद्ध भएका छन्। उनलाई भित्र्याउन लखनउले ६ करोड ७५ लाख रुपैयाँ खर्चियो ।
यस्तै, भारतीय टिमका फास्ट बलल मोहम्मद सामी गुजरात टाइटन्समा आबद्ध भएका छन् । उनलाई गुजरागनले अक्सनबाट ६ करोड २५ लाखमा किनेको हो । यस्तै, शिखर धवन ८ करोड २५ लाख भारुमा पञ्जाब किंग्समा आबद्ध भएका छन्।