आइपिएलको मेगा अक्सनमा सन्दीपसहित १५ खेलाडी, कुल १२१४ खेलाडी

Read Time:1 मिनेट

इन्डियन प्रिमियर लिग आईपिएलको मेघा अक्सनमा १५ नेपाली खेलाडी सहभागी हुने भएका छन्। आइपिएलले शनिबार सर्वाजनिक गरेको मेगा अक्सनमा सहभागी हुने खेलाडीको सूचीमा १५ नेपलाी खेलाडी सहभागी छन् ।

मेगा अक्सानमा को–को खेलाडीले नाम दर्ता गराए भन्ने खुलेको छैन। तर, आइपिएल खेलिसकेका नेपालक ग्लोबल स्टार तथा कप्तान सन्दीप लामिछाने रहेको सहजै अनुमान लगाउन सकिन्छ।

आइपिएलको मेगा अक्सनमा एसोसिएट राष्ट्रबाट नेपालका सर्वाधिक खेलाडी हुन्। त्यसपछि अमेरिकाका १४ खेलाडीले नाम दर्ता गराएका छन्।

मेगा अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् । जसमा भारतका ८ सय ९६ र ३ सय १८ विदेशी खेलाडी छन् ।

अक्सनका लागि अस्ट्रेलियाका सर्वाधिक ५९ खेलाडीले नाम दर्ता गराउँदा दक्षिण अफ्रिकाका ४८, वेस्टइन्डिजका ४१, श्रीलंकाका ३६, इंग्ल्यान्डका ३०, न्युजिल्यान्डका २९ र अफगानिस्तानका २० खेलाडीले नाम दर्ता गराएका छन्।

आईपिएलका मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ । आइपिएलमा यो पटकबाट १० टिम सहभागी हुनेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ग्लोबल क्वालिफायरअघि नेपालले आयरल्यान्ड, ओमान र युएईसँग सिरिज खेल्ने
Next post काठमाडौं ओर्लिएपछि सन्दीपले भने– देशभन्दा ठूलो केही छैन, सबै एकजुट भएर खेल्छौं
Close