आईपिएल मेगा अक्सन : ऐयरलाई कोलकाताले किन्यो १२ करोड २५ लाख

Read Time:2 Minute

जारी इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा अहिलेसम्म बिकेका खेलाडीमध्ये श्रेयस ऐयर सर्वाधिक महँगा खेलाडी बनेका छन्। दिल्ली क्यापिटल्सका लागि आईपिएल खेल्दै आएका ऐयरलाई कोलकाता नाइट राइडर्सले १२ करोड २५ लाख भारुमा किनेको छ।

यस्तै, अघिल्लो सिजिनका सर्वाधिक महँगा खेलाडी अस्ट्रेलियन बलर प्याट कमिन्सलाई कोलकाताले नै ७ करोड २५ लाखमा किनेको छ । यसअघि पनि उनी कोलकातामै थिए । यस्तै, ट्रेन्ट बोल्ट ८ करोड भारुमा राजस्थान रोयल्समा आबद्ध भएका छन्।

यसैगरी दिल्ली क्यापिटल्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका दक्षिण अफ्रिकी बलर कागिसो राबाडा पञ्जाब किंग्समा आबद्ध भएका छन्। उनलाई भित्र्याउन पञ्जाबले ९ करोड २५ लाख रुपैयाँ खर्चियो। यस्तै, अर्का दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस ७ करोडमा रोयल च्यालेन्जर्स बैंग्लोरमा आबद्ध भएका छन्।

यस्तै, वेस्टइन्डिजका सिमरन हेटमेयर ८ करोड ५० लाखमा राजस्थान रोयल्स, मनिष पाण्डे ४ करोड ६० लाखमा लखनउ सुपर जाइन्ट्समा, युवा ब्याट्सम्यान देवदत्त पाडिकल ७ करोड ७५ लाख र रविचन्द्र आश्विन ५ करोडमा राजस्थान रोयल्समा आबद्ध भएका छन्।

अक्समान दिल्ली क्यापिटल्सले अस्ट्रेलियन ओपनर डेभिड वार्नरलाई किनेको छ। लामो समय सनराइजर्स हैदरावादका लागि आईपिएल खेलेका वार्नरलाई दिल्लीले ६ करोड २५ लाखमा किनेको हो ।

यस्तै, केही सिजन यता मुम्बई इन्डियन्सका लागि खोरिहेका विकेटकिपर ब्याट्म्यान क्वेन्टर डि कक नयाँ क्लब लखनउ सुपर जाइन्ट्समा आबद्ध भएका छन्। उनलाई भित्र्याउन लखनउले ६ करोड ७५ लाख रुपैयाँ खर्चियो ।

यस्तै, भारतीय टिमका फास्ट बलल मोहम्मद सामी गुजरात टाइटन्समा आबद्ध भएका छन् । उनलाई गुजरागनले अक्सनबाट ६ करोड २५ लाखमा किनेको हो । यस्तै, शिखर धवन ८ करोड २५ लाख भारुमा पञ्जाब किंग्समा आबद्ध भएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आईपिएल मेगा अक्सन : वार्नर दिल्लीमा, डि कक लखनउमा
Next post चलेन नेपालकाे बलिङ, युएईसँग २५ रनले पराजित
Close