आईपिएल आजबाट, मुम्बई र चेन्नई भिड्दै

कोरेना भाइरस महामारीका कारण बीचमै रोकिएको इन्डियन प्रिमियर लिग आईपिएलको बाँकी खेल आजबाट युएईमा सुरु हुँदैछ। गत मेमा बीचमै रोािकएको आईपिएल दुबईमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलसँगै सुरु हुन लागेको हो।

मुम्बई र चेन्नईबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा यसअघि पहिलो लेगको खेलमा मुम्बईले चेन्नाईलाई ४ विकेटले हराएको थियो ।

कोरोना महामारीका कारण आईपिएल स्थगित हुनुअघि २९ खेल भएका थिए । खेल स्थगित हुनुअघि दिल्ली क्यापिटल्स र पंजाब किंग्सले अन्तिम खेल खेलेका थिए।

चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ भने मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

दिल्ली क्यापिटल्सले ८ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा छ। अब आईपिएलमा ३१ खेल बाँकी छ। दुबईमा अक्टोबर १५ मा आईपिएलका १४औं संस्करण सकिने तालिका छ।

Facebook Comments Box