आईपिएलको मुख्य प्रायोज ड्रिम ११

इन्डियन प्रिमियर लिग (आइपीएल)को १३औं संस्करणको मुख्या प्रायोजक ड्रिम ११ बनेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले मंगलबार १ वर्षका लागि ड्रिम ११ लाई आईपिएलको मुख्य प्रायोजकको रुपमा छनोट गरेको हो।

ड्रिम ११ फेन्टासी स्पोट्र्स प्लेटफर्म हो । भारतमा आधारित यसका प्रयोगकर्ताले फेन्टासी क्रिकेट, हकी, फुटबल, कबड्डी र बास्केटबल खेल्न सक्छन् । मुख्य प्रायोजकको होडमा रहेका अनएकेडेमीले २ सय १० करोड रुपैयाँको प्रस्ताव गरेको थियो भने टाटाले १ सय ८० करोड र बायजूले १ सय २५ करोडको प्रस्ताव गरेको थियो।

मुख्य प्रायोजब बनेवापत ड्रिम ११ले आईपिएललाई २५० करोड भारतीय रुपैयाँमा बुझाउने छ । यसअघि तीन सिजनदेखि चाइनिज मोइबाल कम्पनी भिभो मुख्य प्रायोजक थियो। भारत–चीनको सीमा विवादका कारण भिभोलाई आईपिएलको मुख्य प्रायोजक बनाउँदा व्यापक विरोध भएपछि बिसिसिआइले भिभोलाई मुख्य प्रायोजकबाट हटाएको थियो।

आईपिएलको गभर्निङ बडीको सुरुमा मुख्य प्रायोजकमा भिभोलाई नै राख्ने निर्णय गरेको थियो । तर, यो निर्णयको व्यापक विरोध भएपछि बिसिसिआईले भिभोलाई मुख्य प्रायोजकबाट हटाएको हो।

भिभो सन् २०१७देखि आईपिएलको मुख्य प्रायोजक रहँदै आएको छ । उसले ५ वर्षका लागि २१ अर्ब ९९ करोड भारतीय रुपैयाँको सम्झौता गरेको थियो । भिभोले प्रत्येक सिजन आईपिएललाई ४ अर्ब ४० करोड भातीय रुपैयाँ दिँदै आएको छ । भिभो अगाडि आईपिएलको मुख्या प्रायोजक रहेको पेप्सीले प्रति सिजन ३ अर्ब ९६ करोड दिएको थियो।

आईपीएलको आयोजना सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने छ । ५३ दिन चल्ने आइपिएको फाइनल खेल नोभेम्बर १० मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP