
इशान किशानले तोडे गेलको रेकर्ड
बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा युवा ओपनर इशान किशानले कमालको ब्याटिङ गरेका छन्। शनिबार बंगलादेशविरुद्ध १२६ बलमा दोहोरो शतक बनाउँदै किशान एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो दोहोरो शतक बनाउने खेलाडी बने ।
यसक्रममा किशानले वेस्टइन्डिजका क्रिस गेलको कीर्तिमान तोडे । गेलले सन् २०१४मा जिम्बाबेविरुद्ध १३८ बलमा दोहोरो शतक बनाएका थिए। उनले कुल २१० रन बनाए।
करिअरको पहिलो दोहोरो शतक बनाउने क्रममा उनले २३ चौका र ९ छक्का प्रहार गरेका थिए। कप्तान रोहित शर्मा घाइते भएपछि किशानले आपनिङको अवसर पाएका थिए।
यस्तै, किशान एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने सर्वाधिक कान्छो खेलाडी पनि बने । उनी २४ वर्ष १४५ दिनका भए।
उनी समग्रमा एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने सातौं खेलाडी हुन् भने भारतका रोहित शर्मा, विरेन्द्र सेहवाग र सचिन तेन्दुलकरपछि चौथो खेलाडी हुन्।