मुम्बईलाई हराउँदै कोलकाता चौथो स्थानमा

युएईमा कोलकाता नाइट राइडर्ससले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। कोरोनाका कारण आईपिएल रोकिनुअघि भारतमा खराब लयबाट गुज्रिएको कोलकाताले दुबईमा पुनः सुरु भएको आईपिएलमा भने उत्कृष्ट प्रदर्शन गरेको छ ।

युएईमा लातगार दुई खेलमा जित निकाल्दै कोलकाता तालिकाको चौथो स्थानमा उक्किएको छ। उसले ९ खेलमा ४ जितसहित ८ अंक जोडेको छ। यता, मुम्बईको भने यो युएईमा लागतार दोस्रो हार हो। ८ अंक नै जोडेको मुम्बई रनरेटमा पछि पर्दै छैठौं स्थानमा छ।

बिहीबार राति भएको खेलमा कोलकाताले डिफेन्डिङ च्याम्पियन मुम्बईमाथि ७ विकेटको जित निकालेको हो। पहिला ब्यटिङ गर्दै मुम्बईले दिएको १५६ रनको मध्यम लक्ष्य कोलकाताले १५.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो।

कोलकातालाई सहज जित दिलाउने क्रममा वैंकटेस ऐयर र राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गरे । दुवैले दोस्रो विकेटका लागि ५२ बलमा ८८ रनको साझेदरी गरे । नटआउट रहेका त्रिपाठीले ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए भने ऐयरले ३० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए । कोलकाताका तीनै विकेट जस्प्रित बुमराहले लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।उसका लागि मुम्बईका लागि क्विन्टन डी ककले ५५ रन तथा कप्तान रोहित शर्माले ३३ रन बनाए। रोहित र डि ककले राम्रो सुरुआत दिलाए पनि मुम्बईले राम्रो स्कोर बनाउन सकेन् । कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले समान २ विकेट लिए।

Facebook Comments Box