चोटग्रस्त मिचेल मार्सको स्थानमा होल्डरले आईपिएल खेल्ने

आईपिएलको पहिलो खेलमै चोटग्रस्त बन्दै मैदान छाड्न बाध्य बनेका अस्ट्रेलियन अलराउन्डर मिचेल मार्सको स्थाना सनराइजर्स हैदरावादले वेस्टइन्डिजका अलराउन्डर जासन होल्डरलाई अनुबन्धन गरेको छ ।

रोलय च्याजेन्र्स बेंग्लोरविरुद्धको खेलमा बलिङका क्रममा घाइते भएका मार्सले बाँकी खेल खेल्न नसक्ने भएपछि हैदरवादले होल्डरलाई अनुबन्धन गरेको हो ।

बेंग्लोरविरुद्ध ४ बल बलिङ गरेलगत्तै उनको कम्मरमा चोट लागेको थियो । सोही कारण उनले सोही ओभर पनि पुरा गर्न सकेनन् । उनी १०औं नम्बरमा ब्याटिङका लागि आएका थिए, निकै असहज देखिएका उनी पहिलो बलमा आउट भए । आउट भएपछि सपोर्ट स्टाफको सहयोगमा मार्सले मैदान छाडेका थिए ।

सन् २०१८ पछि मार्स निरन्तार चोटसँग जुधिरहेका छन् । त्यतिखेल दक्षिण अफ्रिकाविरद्धको टेस्टका क्रममा उनको देव्रो खुट्टमा चोट लगोको थियो । उनको अप्रेशन ने गर्नु परहेको थियो ।

२८ वर्षीय होल्डरले चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स तथा सनराइजर्स हैदरावादबाटै आईपिएल खेलिसकेका छन् । उनले अन्तिम पटक सन् २०१६मा कोलकाताबाट आईपिएल खेलेका थिए ।

पहिलो खेलमा बेंग्लोरसँग १० रनले पराजित भएको हैदरावादले सेप्टेम्बर २६मा कोलकातासँग खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP