तेस्रो टि–२०मा पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्यान्डले जित्यो सिरिज

तीन खेलको टि–२० सिरिजको अन्तिम खेलमा पाकिस्तानलाई पराजित गदै इंग्ल्यान्डले सिरिज जितेको छ। मंगलबार राति म्यान्चेस्टरमा भएको अन्तिम टि–२०मा पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्यान्डले सिरिजन २–१ले जितेको हो।

यसअघि भएका दुई टि–२० दुवै १–१ जित निकालेका थिए । पहिलो टि–२० पाकिस्तानले ३१ रनले जितेको थियो भने दोस्रो टि–२० इंग्ल्यान्डले ४५ रनले जितेको थियो।

पहिला ब्याटिङ गर्दै पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इङ्ल्यान्डले १९.४ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। उसका लागि जेसन रोयले सर्वाधिक ६४ रन बनाए । उनले उनले ३६ बलमा १२ चौका र १ छक्का प्रहार गरे।

यस्तै, डेविड मलान ३१, जस बटलर २१ र कप्तान ओईन मोर्गन २१ रन बनाए । पाकिस्तानका मोहम्मद हाफिजले ३ विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ७६ रन बनाए । उनले ५७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, फखर जमान २४, हसन अली १५, शोहिब मकसुद १३ र बाबर आजम ११ रनमा आउट भए। इंल्यान्डका अदिल राशिदले ४ विकेट लिएभने मोईन अलीले एक विकेट लिए।

इंल्यान्डका लियाम लिभिङस्टोन ‘प्लेयर अफ द सिरिज’ चुनिए भने यस्तै, जेसन रोय ‘प्लेयर अफ द म्याच’ भए।

Facebook Comments Box