जासन रोए र विलियम्सनको ब्याट चल्दा हैदरावादले राजस्थानलाई हरायो

युएईमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइसर्ज हैदरावादले दोस्रो जित निकालेको छ । सोमबार राति दुबई भएको खेलमा जासन रोए र कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गरेपछि हैदरावादले राजस्थान रोयल्समाथि ७ विकेटको जित निकाल्यो।

हैदरावादको जारी आइपिएलमा दोस्रो जित हो। १० खेलमा २ जितसहित ४ अंक जोडेको उ पुछारमा छ। यता राजस्थान भने ८ अंकसहित छैठौं स्थानामा छ।

पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १६५ रनको लक्ष्य हैदरावादले १८.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि इंग्लिस ओपनर रोएले ४२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६० रन बनाए भने कप्तान विलियम्सन ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५१ रनमा नटआउट रहे।

यस्तै, अभिषेक शर्माले १६ बलमा २१ रन बनाउँदा ऋद्धिमन साहले ११ बलमा १८ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमान, महिपाल लोम्रोर र चेतन सकारियाले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाए । उसका कप्तान सन्जु सामनसले सर्वाधिक ८२ रन बनाए । उलने ५७ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै, यजस्वी जैसवालले २घ बलमा ३६ रन बनाउँदा लोम्रोरले २८ बलमा २९ रनको योगदान दिए। हैदरावादका सिद्धार्थ कौलले २ तथा सन्दीप शर्मा, भुवनेश्वर कुमार र रसिद खानले समान १ विकेट लिए।

Facebook Comments Box