बुमराहले इंग्ल्यान्डविरुद्धको अन्तिम टेस्ट नखेल्ने

भारतीय फास्ट बलर जस्प्रित बुमराहले इंग्ल्यान्डविरुद्धको चौथो तथा अन्तिम टेस्ट नखेल्ने भएका छन्। बुमराहले पारिवारिक कारणले टिमबाट रिलिज गर्न अनुमति मागेपछि बिसीसीआईले उनलाई रिलिज गरेको हो।

मार्च ४ बाट सुरु हुने चौथो टेस्टका लागि बिसीसीआईले बुमराहको स्थानमा अन्य खेलाडीलाई भने बोलाएको छैन। उनको स्थानमा अरु खेलाडी पनि नथपिने बीसीसीआइले जनएको छ ।

४ टेस्टको सिरिजमा भारत २–१ले अघि छ।

भारतीय टिमः विराट कोहली, अजिन्का रहाने, रोहित शर्मा, मायांक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजारा, केएल राहुल, हार्दिक पाण्ड्या, ऋषभ पन्त, ऋद्धिमन शाह, रविचन्द्रन आश्विन, कुलदिप यादव, अक्सर पटेल, वासिङ्टन सुन्दर, इशान्त शर्मा, मोहम्मद सिराज, उमेश यादव ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.