अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

जसप्रित बुमराह नेपालविरुद्ध नखेल्ने, भारत फर्किए

भारतीय फास्ट बलर जसप्रित बुमराहले नेपालविरुद्ध नखेल्न भएका छन्।

आज हुने नेपाल र भारतबीचको समूहको अन्तिम खेल बुमराह नखेल्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी नेपालविरुद्धको खेलअघि भारत फर्किएका छन्।

बुमराह व्यक्तिगत कारणले मुम्बई फर्किएको बताइएको छ। नेपाललाई हराउँदै भारत सुपर फोर पुगे उनी श्रीलंका फर्कने छन्।

‘समूह ए’ मा भारतले शनिबार पाकिस्तानसँग वर्षाले प्रभावित खेलमा अंक बाँडेको थियो। सोमबार नेपाल र भारत जसले जित्छ, त्यही टिम सुपर फोरमा पुग्नेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

ईएसपीएन क्रिकइन्फोले पनि नेपाल र भारतबीचको खेलको प्रिभ्युमा बुमराह उपलब्ध नहुने भन्दै लेखेको छ र उनको स्थानमा मोहमम्द शामी वा प्रसिद कृष्णले खेल्न सक्ने उल्लेख गरेको छ।