ब्ल्याकउड, ग्याब्रियल र होल्डरको उत्कृष्ट प्रदर्शनमा वेस्टइन्डिजले जित्यो पहिलो टेस्ट

मिडल अर्डर ब्याट्सम्यान जमेइन ब्ल्याकउड, बलरद्वय सनोन ग्याब्रियल र जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गरेपछि वेस्टइन्डिजले पहिलो टेस्ट जितेको छ । साउथह्याम्पटनमा भएको पहिलो टेस्टमा ब्ल्याकउडले ब्याटिङ र ग्याब्रियल र होल्डरले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि वेस्टइन्डिजले घरेलु टिम इंग्ल्यान्डलाइए ४ विकेटले हरायो।

अन्तिम दिन इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजको सुरुवात राम्रो हुन सकेन । उसका टप अर्डर ब्याट्सम्यान सस्तैमा पभेलियन फर्किएपछि खेल इंग्ल्यान्डको पक्षमा गएको थियो । उसका शीर्ष तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा वेस्टइन्डिज ३७–३को अवस्थामा थियो।

त्यसपछि क्रिजमा आएका रोस्टन चेस र ब्ल्याकउडले वेस्टइन्डिजको इनिङ सम्हालेका थिए । दुवैले पाचौं विकेटका लागि ७३ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पु¥याए । चेस ३७ रन बनाएर आउट भए।

ब्ल्याकउडले छौठौं विकेटका लागि शेन डउरिचसँग ६५ रनको साझेदारी गरे । बेन स्टोक्सको बलमा आउट हुनुअघि ब्ल्याकउडले ९५ रन बनाए । उनले १५४ बल खेल्दै १२ चौका प्रहार गरेका थिए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ र स्टोक्सले २ विकेट लिए।

दोस्रो इनिङमा इंग्ल्यानड ३१३ रन बनाएर आउट भएपछि वेस्टइन्डिजले २०० रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा इंल्यानडका ज्याक कार्लीले सर्वाधिक ७६ रन बनाए भने डम सिब्लीले ५०, बेन स्टोक्सले ४६ र रोए ब्रुन्सले ४२ रनको योगदान दिए । वेस्टइन्डिजका सनोन ग्याब्रियलले ५ तथा अल्जारी सोजेफ र रोस्टन चेसले समान २ विकेट लिए।

यसअघि ओपनर क्रेइग ब्रेथवेट र मध्यक्रमका ब्याट्सम्यान शेन डोवरिचले अर्धशतकीय इनिङ खेलेपछि वेस्टइन्डिजले पहिलो इनिङमा ३१८ रनको बनाएको थियो । उसका लािग ब्रेथवेटले सर्वाधिक ६५ रन बनाए भने डोवरिचले ६१ रन बनाए । ब्रेथवेटले १२५ बल खेल्दै ६ चौका प्रहार गर्दा डोवरिचले ११५ बलमा ८ चौका प्रहार गरे । यस्तै, रोस्टन चेसले ४७, साम्रह ब्रुक्सले ३९ र जोन क्याम्पवेलले २८ रनको योगदान दिए । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४, जेम्स एन्डर्सनले ३, डम बेसले २ र मार्क उडले १ विकेट लिए।

पहिलो पारीमा इंग्ःयान्ड २०४ रनमै अलआउट भएको थियो । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा जेसन होल्डर ६ विकेट लिए भने सानोन ग्याब्रियलले ४ विकेट लिए । होल्डरले दोस्रो दिन एक्लै ६ विकेट लिने क्रममा २० ओभर बलिङ गर्दै ६ ओभर मेडर राखेर ४२ रन खर्चिए।

पहिलो पारीमा इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने जोस बट्लरले ३५, डम बेसले ३१ र रोए ब्रुन्सले ३० रनको योगदान दिए । अन्यले भने गतिलो योगदान दिन सकेनन्।

यी दुई बीचको दोस्रो टेस्ट ओल्र्ड ट्राफोर्डमा १६ जुलाईमा हुने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.