
जितेन्द्रले फेरि भाँच्लान् आयरल्यान्डको स्टम्प?
चार देशीय टि–२० सिरिजको अन्तिम खेलमा नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध खेल्दैछ । नेपाल र आरयल्यान्डबीचको खेल भन्नेवित्तिकै धेरै क्रिकेट प्रेमीले सम्झने छन्, नेपाली बलर जितेन्द्र मुखिया ।
७ वर्षपछि नेपालले टि–२० विश्पकप खेल्यो । विश्वपको सुरुआती चरणमा नेपाल र आयरल्यानड फरक समूह थिए । तर, वार्मअप म्याचमा नेपाल र आयरल्यान्ड खेले ।
खेलमा नेपाल ५ विकेटले पराजित भएपनि जितेन्द्र चर्चामा रहे। खेलका क्रममा उनले योकर बलमा आयरल्यान्डको मिडलस्टम्प भाँचेका थिए । क्रिकेटमा विरलै देखिने त्यो क्षणले जितेन्द्रको विश्वकपमै भयो। ्
उनले आयरल्यान्डका ओपनर पाउल स्टर्लिङलाई क्लिन बोल्ड गर्ने क्रममा मिडलस्टम्प भाँचेका थिए।
जितेन्द सन् २०१४को विश्वकप चोटका कारण राष्ट्रिय टिमबाट बाहिरिए । तर, तिनै जितेन्द्रले ७ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन्, चार देशीय सिरिज मार्फत् । उनले शनिबार भएको युएई विरुद्ध खेले । सम्भवत आमोनको अल अमेरात मैदानमा हुने आयरल्यानडविरुद्ध खेल्ने छन्।
जितेन्द्र आयरल्यान्डविरुद्ध खेल्दै ७ वर्षअघिको त्यही क्षण दोहो¥याउन अपेक्षा क्रिकेटप्रेमीको छ । र, जितेन्द्रको योकर बलले फेरि आयरल्यान्डको स्टम्प भाँचेको हेर्न हातुर छन्।