जो रुटले जिते ‘पिसिए प्लेयर अफ द इयर’ अवार्ड

इंग्लिस क्रिकेटर जो रुटले वर्षको उत्कृष्ट क्रिकेटर बन्दै पिसिए प्लेयर अफ द इयर अवार्ड जितेका छन्। प्रोफेसनल क्रिकेटर्स एसोसिएनले यो अवार्ड हरेक वर्ष काउन्टी क्रिकेट खेल्ने घरेलु तथा बाह्य क्रिकेटरलाई प्रदान गरिन्छ ।

जो रुटले यो वर्ष टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले टेस्टमा ६ शतक प्रहार गर्दै १४५५ रन बनाएका थिए । यो रुटले एक वर्षमा टेस्ट क्रिकेटमा बनाएको सर्वाधिक रन हो। अघिल्लो वर्ष वेन स्टोक्सले यो अवार्ड जितेका थिए।

रुट पुरुषतर्फको ‘पिसिए प्लेयर अफ द इयर’ अवार्ड जित्दा महिलातर्फको यो अवार्ड इभ जोन्सले जितेकी छिन्। उनले इंग्ल्यान्डको घरेलु क्रिकेटमा बर्मिङ्घम फोनिक्सबाट उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले कुल ८०८ रन बनाएकी थिइन्।

यस्तै, पुरुष तर्फको पिसिए योङ प्लेयर अफ दी इयर अवार्ड घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका ह्यारी ब्रुक्सले जितेका छन्।२२ ब्रुक्सले भाइलिटी ब्लास्ट टि–२० प्रतियोगितामा ४८६ रन बनाएका थिए । महिला तर्फको पिसिए योङ प्लेयर अफ दी इयर अवार्ड १७ वर्षीया क्रिकेटर एलिस काप्सीले जितेकी छिन्।

Facebook Comments Box