कप्तान जो रुटले पहिलो टेस्ट गुमाउने

इंग्लिस टिमका कप्तान जो रुटले वेस्टइन्डिजविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् । आगमी साता दोस्रो सन्तानका पिता बन्न लागेकाले रुट जुलाई ८बाट सुरु हुने वेस्टइन्डिजविरुद्धको पहिलो टेस्टमा अनुस्थित हुने भएका हुन् ।

साउथह्याम्पटनमा हुने इंग्ल्याण्ड र वेस्टइन्डिविरुद्धको पहिलो टेस्टअघि रुट सन्तानको जन्मका लागि घर जानुपर्ने भएकाले उनले पहिलो टेष्ट गुमाउने भएका हुन् ।

रुटको अनुपस्थितीमा बेन स्टोक्सले इंग्ल्यान्डको कप्तानी गर्ने छन् । स्टोक्सले पहिलो पटक कप्तानी सम्हाल्न अवसर पाएका हुन् ।

रुटले पनि स्टोक्स् नेतृत्वको लागि सक्षम भएको बताएका छन् । उनले आफ्नो अनुपस्थितीमा स्टोक्स् कप्तानीका लागि उपयुक्त पात्र भएको समेत बताएका छन् ।

इंग्ल्यान्ड र वेस्टइन्डिजबीच ३ खेलको टेस्ट सिरिज हुँदै छ । दोस्रो र तेस्रो टेस्ट म्यान्चेस्टरमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *