ब्याट्सम्यान हावी भएको खेलमा भारतमाथि इंग्ल्यान्डको सहज जित

भारतविरुद्धको एकदिवसीय सिरिजको दास्रो खेलमा इंग्लयान्डले सहज जित निकालेको छ। महाराष्ट्र क्रिकेट एसोसिएसन मैदानमा ब्याट्सम्यान हावी भए भएपछि इंग्लयन्डले भारतसँग ६ विकेटको सहज जित निकाल्यो ।

पहिला ब्याट्रि गर्दै भारतले दिएको ३३७ रनको लक्ष्य इंग्ल्यान्डले ४३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डको जितमा जोनी बेइस्टो र बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गरे । बेइस्टोले १२४ रन बनाए भने स्टोक्सले ९९ रनको इनिङ खेले ।

यी दुईले दोस्रो विकेटका लागि ११७ बलमा १७५ रनको साझोदरी गरेका थिए । ११२ बल खेलेका बेइस्टोले ११ चौका ७ छक्का प्रहार गरे भने स्टोक्सले ५५ बल खेल्दै ४ चौका र १० छक्का प्रहार गरे । वेइस्टोले पहिलो विकेटका लागि जासन रोयसँग पनि शतकीय साझेदारी गरेका थिए। रोयले ५२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाए ।

भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए भने भुवनेश्वर कुमारले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले केएल राहुलको शतक मद्दतमा ५० ओभरमा ६ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । उत्कृष्ट ब्याटिङ गरेका राहुलले ११४ बल खेल्दे ७ चौक्का र २ छक्काको मद्दतमा १०८ रन बनाए ।

यस्तै ऋषव पन्तले ४० बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७७ रनको बनए भने कप्तान विराट कोहलीले ७९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ६६ रन बनाए । यस्तै हार्दिक पाण्ड्याले १६ बलमा ३५ रनको योगदान दिए ।

इंग्ल्यान्डका टम करण र रिची टोप्लेले समान २ विकेट लिए भने आदील राशिद र साम करणले समान १ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत ६६ रनले विजयी भएको थियो। तेस्रो एकदिवसीय खेल पुनेमा आइतबार हुनेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.