टेस्टमा विकेटकिपरका रुपमा पुनरागमन चाहान्छन् बेइस्टो

विकेटकिपर ब्याट्सम्यान जोनी बेइस्टो आगमी महिना हुने वेस्टइन्डिजविरुद्धको सिरिजमार्फत टेस्ट क्रिकेटमा पुनरागमनको पर्खाइमा छन् । जुलाईबाट साउथह्याम्पटनमा सुरु हुने सिरिज मार्फत इंग्लिस टिममा पुनरागमन गर्नेमा आफू विश्वस्त रहेको वेइस्टोले बताएका छन् ।

३० वर्षीय बेइस्टो अघिल्लो दक्षिण अफ्रिकाविरुद्धको खेलपछि इंग्ल्यान्डको टेस्ट टिमबाट बाहिर रहँदै आएका छन् । बेइस्टो दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा एक खेलमा मात्र व्याट्सम्यानका रुपमा मौका पाएका थिए । सो खेलमा उनले १ र ९ रन मात्र बनाउनका सकेका थिए । त्यसलगत्तै भएको न्युजिल्यान्ड भ्रमणमा वेइस्टो टिममा पर्न असफल भएका थिए ।

इंग्ल्यान्डको टेस्ट टिममा अहिले विकेटकिपरका लािग कडा प्रतिस्पर्धा छ । जोस बट्लर अहिले टेस्ट टिमका पहिलो रोजाइका विकेटकिपर हुन् । बट्लरले उत्कृष्ट प्रदर्शन गरिरहेकाले विकेटकिपरका रुपमा भने वेइस्टोलाई इंग्लिस टिममा स्थान बनाउन निकै कठीन छ ।

इएसपिएनक्रिकइन्फोसँग कुरा गर्दै बेइस्टोले भने, ‘अहिले म आफ्नो विकेटकिपिङबाट एकदमै खुसी छु । यो मेरो खेलजीवनको यस्तो हिस्सा थियो, जसलाई लिएर सुरुमा मानिसहरुले प्रश्न उठाएका थिए । पछिल्लो दुई वर्षमा मानिसहरुले यसविषयमा कुरा गर्न छाडेका छन् ।’

वेइस्टोले अहिले आफ्नो विकेटकिपिङ राम्रो भएका इंग्लिस टिममा विकेटकिपरका रुपमा पुनरागमन नहुने कुनै कारण नभएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई यस्तो लाग्छ कि मैले विकेटकिपिङमा कुनै गल्ती गरेको छैन । मासिनहरुले पनि मेरो विकेट किपिङको प्रसंशा गरेका छन्।’

एकदिवसीय र टि–२०मा उत्कृष्ट ब्याटिङक गरिरहेका बेइस्टो टेस्टमा भने ब्याटिङमा पनि जम्न सकेका छैनन् । पछिल्लो १८ टेस्टमा उनले केवल १ शतक मात्र बनाएका छन् । उनले सन् २०१८ अगस्त यता १४ टेस्टमा १९.१५ को औसतमा मात्र रन बनाएका छन् ।

आफ्नो ब्याटिङका बारेमा कुरा गर्दै बेइस्टोले भने, ‘अहिले जुन तरिकाले ब्याटिङ गरिरहेको छु, त्यसमा खुसी छु । मैले मेसिनको बलिङमा पनि अभ्यास गरिरहेको छु । त्यसलाई ब्याटिङको केही टेक्निकमा परिवर्तन सहज भयो ।’

बेइस्टोले इंग्ल्यान्डाका लागि ७० टेस्ट, ७७ एकदिवसीय र ३७ टि–२० म्याच खेलेका छन् । जसमा उनले टेस्टमा ६ शतक र २१ अर्धशतकसहित चार हजरा ३० रन बनाएका छन् भने एकदिवसीयमा ९ शतक र ११ अर्धशतक मद्दतमा दुई हजार नौ सय २३ रन बनाएका छन् । यस्तै, उनले टि–२०मा चार अर्धशतकसहित सात सय २५ रन बनाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.