भारतविरुद्धको चौथो टेस्टका लागि इंग्लिस टिमको घोषणा, विलिङस र वोक्स टिममा

भारतविरुद्धको चौथो टेस्टका लागि इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले टिम घोषणा गरेको छ। सोमबार घोषणा गरिएको इंग्लिस टिममा २ परिवर्तन भएको छ।

टिममा फास्ट बलरद्वय क्रिस वोक्स र साम विलिङ्सले स्थान बनाउँदा जोस बट्लर र सकिब महमूद टिमबाट बाहिरिएका छन्।

गत जुलाई भएको पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजका क्रममा वोक्स घाइते भएका थिए । उनको कुर्चुचामा समस्या देखिएको थियो । उनले शुक्रबार मात्र एक घरेलु टि–२० प्रतियोगिता खेलेका थिए।

जोस बट्लर पारिवारिक कारण टिमबाट बाहिरिएपछि साम विलिङ्ले इंग्लिस टिममा स्थान बनाएका हुन्। उनी टिममा दोस्रो विकेट किपरका रुपमा रहेन छन्। बट्लरको अनुपस्थितिमा विकेटकिपिङ जोनी बोयरस्टोले गर्ने छन्। दोस्रो बच्चाको पिता बन्ने भएपछि बट्लर टिमबाट बाहिरिएका हुन्।

५ खेलको सिरिज १–१को बराबरीमा आएको वर्षाले प्रभावित पहिलो टेस्ट बराररीमा सकिएको थियो भने दोस्रो टेस्ट भारतले १५१ रनले जितेको थियो। यस्तै तेस्रो टेस्ट इंग्ल्यानडले इनिङ र ७६ रनले जितेको थियो।

यस्तो छ इंग्लिस टिम

जो रुट (कप्तान), मोइन अली, जेम्स एन्डरसन, जोनी बोइस्टो, रोरी बर्न्स, साम करण, हसिब हमिद, डान लरेन्स, , डेविड मलान, क्रेग ओभरटन, साम विलिङ्स, ओली पोप, ओली रोबिन्सन, क्रिस वोक्स र मार्क उड।

Facebook Comments Box