मोइन अलीको अलराउन्ड प्रदर्शनमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

मोइलन अलीले अलराउन्ड प्रदर्शन गरेपछि इंग्ल्यान्डले पाकिस्तानविरुद्धको टि–२० सिरिजमा पहिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा अलीको अलराउन्ड प्रदर्शन मद्दतमा दोसो टि–२०मा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हरायो।

योसँगै ३ खेलको टि–२० सिरिज १–१को बराबरीका आएको छ। पहिलो टि–२० पाकिस्तानले ३१ रनले जितेको थियो। यी दुई टोलीबीचको निर्णायक टि–२० मंगलबार हुनेछ।

पहिला ब्याटिङ गर्दै इंग्ल्याण्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर मोम्मद रिजवानले सर्वाधिक ३७ रन बनाउदा शदाब खानले अविजित ३६ रन जोडे ।

यस्तै, कप्तान बाबर अजामले २२ र इमद वासिमले २० रन बनाए । इंग्ल्यान्डका लागि शकिब महमुदले ३ तथा मोइन अली र अदिल रसिदले समान २ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले १९.५ ओभरमा अलआउट हुँदै २०० रन बनायो। उसका जोस बटलरले ३९ बल खेल्दै ७ चौका २ छक्का मद्दतमा सर्वाधिक ५९ रन बनाए ।

यस्तै, लिएम लिभिङ्गस्टोनले ३८ र मोइन अलीले ३६ रन जोडे । पाकिस्तानका मोहाद हासनेनले ३ तथा इमाद वासिम र ह्यारिस रउफले समान २ विकेट लिए।

Facebook Comments Box