भारतविरुद्धको टि २० सिरिजमा न्युजिल्यान्ड टिममा परेनन् केन विलियम्सन

Read Time:1 Minute

भातरविरुद्धको टि२० सिरिजका लागि न्युजिल्यान्डले टिम घोषणा गरेको छ। न्युजिल्यान्डले नियमित कप्तान केन विलियम्सनलाई बाहिर राख्दै भारतविरुद्धको सिरिजका लािग टिम घोषणा गरेको हो।

विलियम्सनले भारतविरुद्धकै टेस्ट सिरिजमा केन्द्रित हुनका लागि टि२० सिरिज नखेलेको बताइएको छ। भर्खरै सम्पन्न टि२० विश्वकपको फाइलनमा अस्ट्रेलियाविरुद्ध विलियम्सनले विस्फोटक इनिङ खेलेका थिए।

विलियम्सनको अनुपस्थितिमा न्युजिल्यान्डले टिम साउथीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ। किबी टिममा विलियम्सनसँगै केभोन कन्वेपनि हुने छैनन्। उनले चोटका कारण सिरिज गुमाएका हुन्।

न्युजिल्यान्डको स्थानमा टिम च्याम्पम्यानले टिममा स्थान बनाएका छन्। यस्तै, चोटका कराण विश्वश्पक गुमाएका लोकेइ फर्गुसन पनि टिममा फर्किएका छन्।

न्युजिल्यान्डले भारतविरुद्ध तीन खेलको टि २० सिरिज खेल्ने छ। टि २० सिरिज बुधबारबाट जयपुरमा सुरु हुनेछ।

टि २० सिरिजमा भारतले पनि आफ्ना केही सिनियर खेलाडीहरुलाई आराम दिएको छ। सिरिजमा भारतका विराट कोहली, जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजालगात खेलाडी हुने छैनन्। टिमको कप्तानी रोहित शर्माले गर्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पहिलो टि२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली महिला क्रिकेट टिम
Next post अर्जेन्टिनाविरुद्धको ‘सुपर क्लासिको’ नेमारले नखेल्ने
Close