
विलियम्सनले छाडे टेस्ट कप्तानी, साउदी बने नयाँ कप्तान
टप अर्डर ब्याट्सम्यान केन विलियम्सनले टेस्ट टिमको कप्तानबाट राजनीनामा दिएका छन्। न्युजिल्यान्डको सबै फर्म्याट क्रिकेटका कप्तान विलियम्सनले टेस्ट टिमको कप्तानी छाड्ने घोषणा गरेका हुन्।
विलियम्सनले अब ब्याटिङ र सीमित ओभरको क्रिकेटमा ध्यान दिने भन्दै कप्तानी छाडेका छन्। २०२१ मा न्युजिल्याण्डलाई वर्ल्ड टेष्ट च्याम्पियनसिपको उपाधि जिताएका विलियम्सनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियको कप्तानीलाई निरन्तरता दिने बताएछन् । भने तीनवटै फरम्याट खेल्ने चाहना पनि राखेका छन्।
‘टेष्ट क्रिकेटमा ब्ल्याक्याप्सको कप्तानी गर्नु विशेष सम्मान हो । मेरो लागि टेष्ट क्रिकेट खेलकै सबैभन्दा उच्च तह हो र यस फर्म्याटमा नेतृत्व गर्दा म चुनौतीमा रमाएँ,’ विलियम्सनले कप्तानी छोड्दै भनेका छन्। कप्तानीले मैदान भित्र र बाहिर धेरै व्यस्त बनाउने भन्दै निर्णय लिने यो सही समय लागेको विलियम्सनले बताएका छन्।
अबको दुई वर्षमा सीमित ओभरको दुई विश्वकप हुने भएकाले त्यसमा ध्यान दिने उनले बताएका छन्। सन् २०१६ मा ब्रेन्डन म्याकुलमलाई रिप्लेस गर्दै कप्तान बनेका विलियम्सनले न्युजिल्याण्डका लागि ४० टेष्टमा कप्तानी गरेका थिए।
अब विलियम्सनको स्थानमा टिम साउदीले कप्तानीको जिम्मेवारी दिइएको छ। उनी जो न्युजिल्यान्डका ३१औं टेष्ट कप्तान हुनेछन्।