इपिएलमा विराटनगरको कप्तानी करण केसीले गर्ने

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा विराटनगर वारियर्सको कप्तानी राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर करण केसीले गर्ने भएका छन्। अघिल्ला तीन सिजन विराटनगरको कप्तानी गरेका पारस खड्काले यो सिजन इपिएल नखेल्ने घोषणा गरेपछि विराटनगरले करणले कप्तानीको जिम्मेवारी दिएको हो।

विराटनगरले शुक्रबार सामाजिक सञ्जालमार्फत करणले इपिएलमा टिमको नेतृत्व गर्ने जनाएको छ। २९ वर्षीय अलराउन्ड करण केसीले सन् २०१५ देखि राष्ट्रिष्य टिमका नियमित सदस्य हुन्।

सन् २०१७मा पारसकै कप्तानीमा विराटनगरले इपिएल उपाधि जितेको थियो। त्यतिवेला पनि करण टिमका महत्वपूर्ण सदस्य थिए।

यस्तै विराटनगरले ओपनर अनिलकुमार शाहलाई उपकप्तानको जिम्मेवारी दिएको छ।

शनिबारबाट सुरु हुने इपिएलका विराटगनरले जिम्बाबेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका रायनखान पठान, वेस्टइन्डिजका चन्द्रपउल हेमराज, दिल्सान मुनाविरालाई विदेशी खेलाडीका रुपमा अनुबन्धन गरेको छ ।

विराटनगरमा नेपाली खेलाडीका रुपमा करणसँगै आसिफ सेख, अनिलकुमार साह, सन्दीप रजाली, सौरभ खनाल, सुमित महर्जन, हरिबहादुर चौहान, सोनु देवकोटा, प्रतिश जिसी, रामनरेश गिरी, विक्रम भुसाल, अनिल खरेल, अर्जुन चुनारा र सन्तोष यादव छन्।

इपिएलमा विराटनगरले आइतबार चितवन टाइसर्गसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। विराटनगरको मुख्य प्रशिक्षकमा मनोज कटवाल छन्।

Facebook Comments Box