करणले नै लिए अर्को विकेट

विश्वकप लिग–२ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानविरुद्ध नेपाललाई करण केसीले नै दोस्रो सफलता पनि दिलाएका छन्।

ओमानको दोस्रो विकेटका रुपमा करणले सुफ्यान मेहमूदलाई सुशन भारीबाट क्याट आउट गराए । मेहमूदले १६ बलमा ४ रन मात्र बनाएका थिए ।

यअसघि ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा करणले तेस्रो ओभरको चौथो बलमा जितेन्दर सिंहलाई आरिफ सेखबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

नेपाल टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको आमोनले ८ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ३० रन बनाएको छ।

सिरिजमा लगातार दुई खेलमा पराजित भएको नेपालले ओमानविरुद्ध २ परिवर्तन गरेको छ। प्रशिक्षक डेभ वाट्मोरले थप एक ब्याट्म्यान खेलाएका छन् । उनले कुशल मल्ल र गुल्सन झाको स्थानमा शरद भेषाकवर र आरिफ सेखलाई खेलाएका छन्।

Facebook Comments Box