करण केसीले दिलाए नेपाललाई पहिलो सफलता

विश्वकप लिग–२ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानविरुद्ध नेपाललाई करण केसीले सफलता दिलाएका छन् ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा करणले तेस्रो ओभरको चौथो बलमा जितेन्दर सिंहलाई आरिफ सेखबाट क्याच आउट गराए।

नेपाल टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको आमोनले ५ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा २५ रन बनाएको छ।

सिरिजमा लगातार दुई खेलमा पराजित भएको नेपालले ओमानविरुद्ध २ परिवर्तन गरेको छ। प्रशिक्षक डेभ वाट्मोरले थप एक ब्याट्म्यान खेलाएका छन् । उनले कुशल मल्ल र गुल्सन झाको स्थानमा शरद भेषाकवर र आरिफ सेखलाई खेलाएका छन्।

Facebook Comments Box