विराटनगरमाथि काठमाडाैंकाे जित

Read Time:1 Minute

नेपाल टी–२० लिगअन्तर्गत मंगलबारको खेलमा काठमाडौं नाइट्स विजयी भएको छ । टीयू मैदानमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको हो ।

यो जितसँगै सात खेलमा आठ अंक जोडेको काठमाडौं तेस्रो स्थान रहेको छ भने विराटनगर समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा छ । काठमाडौंले प्रस्तुत गरेको ९३ रनको लक्ष्यसामु विराटनगरले ८.५ ओभरमा ५८ रनमा समेटियो ।

खेल हुनेरनहुने विवादपछि दुई घण्टा ढिलो सुरु भएपछि ९ ओभरमा झारिएको थियो । निर्धारित समयअनुसार टस बिहान साढे ८ बजे हुनुपर्ने थियो ।

विराटनगरका लागि गौरान्सु शर्माले २२ रन बनाए । यसअघि टस जितेर ब्याटिङ राजेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाउँदै ९२ रनको स्कोर तयार पारेको थियो।

काठमाडौंका लागि सन्दीप रजालीले २२ बलमा समान दुई चौका र छक्का मद्दतले नटआउट रहेर सर्वाधिक ३२ रन बनाए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अन्योलबीच काठमाडौं र विराटनगरबीच ९ ओभरको खेल, काठमाडाैंले दियाे ९३ रनकाे लक्ष्य
Next post फिक्सिङकाे प्रस्ताव आएकाे ज्ञानेन्द्रले स्वीकारे, फिक्सिङको आशंकामा कमेन्टटरले छाडे लिग
Close