काठमाडौं किंग्स इलावेनलाई शिवम् सिमेन्टको प्रायोजन

एभरेस्ट प्रिमियर लिगको क्लब काठमाडौं किंग्स इलावेनलाई शिवम् सिमेन्टले प्रायोजन गरेको छ। असोज ९ गतेबाट सुरु हुने चौथो संस्करणको इपिएलमा काठमाडौं किंग्स इलावेनको मुख्य प्रायाजोक अब शिवम् सिमेन्ट हुनेछ।

एक कार्यक्रमबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतासँगै शिवम् सिमेन्ट काठमाडौं मुख्य प्रायोजक तथा लिग अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा रहने छ ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।

टिममा सुवास खकुरेल, सिद्धान्त लोहनीलगायत नेपलाी खेलाडी छन् भने पाकिस्तानका पूर्व खेलाडी साहिद अफ्रिदी पनि अनुबन्धित छन्।

Facebook Comments Box