लिगको अन्तिम खेल रद्द हुँदा खुल्यो काडमाडौंको भाग्य

एभरेस्ट प्रियिमर लिगअन्तर्गतको लिग चणको अन्तिम खेल वर्षका कारण रद्द भएको छ। मंगलबारका लागि तय भएको भैरहवा ग्लाडियटर्स र काडमाडौं किंग्स इलावेनबीचको खेल सोमबार राति परेको वर्षका मैदान ओसिलो भएपछि रद्द भएको छ।

यो खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन्। योसँगै काठमाडौं चौथो टिमका रुपमा प्लेअफमा पुगेको छ। भैहरवासँग पराजित भएको अवस्थामा काठमाडौं प्लेअफमा पुग्न असफल हुने थियो ।

५ खेलमा ३ अंक जोडेको काठमाडौंले डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सलाई रेनरेटमा पछि पा¥यो । यता, अंक बाँडेपछि भैरहवा पनि ७ अंकसहित दोस्रो हुँदै प्लेअफमा पुगेको छ। चिवतन टाइसर्गस ८ अंकसहति शीर्ष स्थानमा रहँदै प्लेअमा पुग्दा ७ अंक नै जोडेको पोखरा तेस्रो हुँदै प्लेअफ पुग्यो ।

Facebook Comments Box