काठमाडौं किंग्सले सार्वजनिक गर्‍यो जर्सी, अफ्रिदीले १० नम्बरको जर्सी लगाउने

शनिबारबाट कीर्तिपुस्थित टियू मैदानमा सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)का लागि काठमाडौं किंग्स इलाभेनले जर्सी सर्वाजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गर्दै काठमाडौंले शुक्रबार नयाँ जर्सी सार्वजनिक गरेको छ।

सो कार्यक्रममा काठमाडौंले जर्सीसँगै खेलाडी पनि सर्वाजनिक गरेको छ। प्रतियोगितामा काठडमाडौंलाई शिवम सिमेन्टले मुख्य प्रायोजक गरेको छ। यस्तै, स्मार्टफोन पार्टनरमा नोकिया, गोल्ड पार्टनरमा फेमेली आयल र उर्जा राइस, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक र इलेक्ट्रिफाइड पार्टनरमा लिट्मस केवल रहेका छन्।

काठमाडौंले शनिबार डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

सोही कार्यक्रममा काठमाडौंले अफ्रिदीलाई सार्वजनिक गरेको थियोे। प्रतियोगितामा पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीले १० नम्बरको जर्सी लगाउने भएका छन्। प्रतियोगिता खेल्न अफ्रिदी बिहीबार मात्र कठमाडौं आइपुगेका थिए । उनले दुई खेल मात्र खेल्ने बताइएको छ।

प्रतियोगितामा काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। टिममा अफ्रिदीसँगै हमानुल्लाह गुर्बाज। रायन ब्रुल र सिंगापुरका जनक प्रकाश छन्।

यस्तै, नेपाली खेलाडीका रुपमा सन्दीपसँगै गुल्सन झा, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सांसद सेख, दीपेन्द्र रावत, आकाश चन्द, आमरसिंह रौटेला छन्।

Facebook Comments Box