काठमाडौं मेयर कप क्रिकेटमा ५ टिम

काठमाडौं मेयरकप क्रिकेट प्रतियोगितामा ५ टिम सहभागी हुने भएका छन्। महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको प्रतियोगितामा तीन विभागीय टिम, बागमति प्रदेश र काठमाडौको एक टिम सहभगाी हुने क्यानले जनाएको छ।

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका चार टोलीहरु त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेशसहित काठमाडौं महानगरपालिकाको टोलीले प्रतिस्पर्धा गर्नेछन्। काठमाडौं महानगरको टिम प्रदेश–१, प्रदेश–२, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका खेलाडीहरु मिलाएर तयार गरिने छ

फागुन २२ गतेदेखि २९ गतेसम्म चल्ने प्रतियोगिता टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने छ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् । प्रतियोगिता आयोजनाको लागि क्यानले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.