अरियो र नन्दन चम्किँदा पुलिस ७२ रनमै अलआउट

अरियो पौडेल र नन्दन यादवले उत्कृष्ट बलिङ गरेपछि आजबाट सुरु भएको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगताको पहिलो खेलमा विभागीय टिम पुलिस क्लब ७२ रनमै अलआउट भयो।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस बागमति प्रदेशका अरियो पौडेल र नन्दन यादवले कसिलो बलिङ गरेपछि २५.२ ओभरमा ७२ रनमै अलआउट भयो ।

उसका लागि कप्तान मञ्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए भने सुनिल धमला, अनिल साह र दिलिप नाथले समान १० रन बनाए । अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

घातक बलिङ गरेका बागमतिका अरियोले ४ ओरभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चेर ४ विकेट लिए भने नन्दनले ६.२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए ।

प्रतियोगिता क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको हो। प्रतियोगिता फागुन २९ गते सम्म चल्ने छन् ।

सिंगल राउन्ड रोविनका आधारमा हुने एकदिवसीय प्रतियोगितामा काठमाडौं मेयर–११सहित ५ टिम सहभागी हुने छन् । अन्य चार टिम पिएम कप क्रिकेटका सेमिफाइनलिस्ट हुन् । जसमा एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी र बागमति प्रदेश छन्।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । यस्तै म्यान अफ दि सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५–२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार दिइने क्यानले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.