एपिएफलाई आर्मीको चुनौतिपूर्ण लक्ष्य, अभिनासले लिए एकै ओभरमा तीन विकेट

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा विभागीय टिम त्रिभुनव आर्मी क्लबले एपिएफ क्लबलाई २३६ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै आर्मी निर्धारित ओभरमा २३५ रनमा अलआउट भयो।

आर्मीका लागि रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेले । उनले ७८ बलमा ३ चौका प्रहार गरे । यस्तै, कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३० र सोमपाल कामीले २८ रनको योगदान दिए।

एपिएफका अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । उनले अन्तिम ओभरमा करण केसी, सुशन भारी र बिक्रम शोबलाई पभेलियन फर्काएका थिए । यस्तै, अमरसिंह रौटेला र भुवन कार्कीले समान २ विकेट लिए।

क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्म चल्ने छन् ।

सिंगल राउन्ड रोविनका आधारमा हुने एकदिवसीय प्रतियोगितामा काठमाडौं मेयर–११सहित ५ टिम सहभागी हुने छन् । अन्य चार टिम पिएम कप क्रिकेटका सेमिफाइनलिस्ट हुन् । जसमा एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी र बागमति प्रदेश छन्।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । यस्तै म्यान अफ दि सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५–२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार दिइने क्यानले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.