मेयर्स कपमा मेयर्स ११माथि पुलिसको सनदार जित

काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सानदार जित हात पारेको छ । बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मेयर्स ११माथि पुलिस क्लबले १०३ रनको फराकिलो अन्तरको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको १९८ रनको लक्ष्य पछ्याएको मेयर्स ११ ३२.२ ओभरमा ९४ रनमै अलआउट भयो। मेसर्य ११का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए भने कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

मेयर्स ११लाई सस्तैमा समेट्ने क्रममा पुलिसका पवन सर्राफले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ६.२ ओभरमा १६ रन खर्चिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले ३ र ललितनरायण राजवंशीले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको पुलिसले ४७.४ ओभरमा अलआउट हुनुअघि १९७ रन बनायो । उसका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रन बनाए भने कुशल भुर्तेलले ३४, पवनले २८, दीपेन्द्रले २४ र सुनिल धमलाले २२ रनको योगदान दिए । मेयर्स ११का विपिन खत्री, हरिशंकर साह र सन्दीपले समान ३ विकेट लिए।

अलराउन्ड प्रदर्शन गरेका पवन खेलको प्लेयर अफ दी म्याच घोषित भए। लागतार दोस्रो खेलमा पवन प्लेयर अफ दी म्याच बनेका हुन् । यो जितसँगै पुलिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.