पारस र विनोदको शतक, आर्मीमाथि बागमतिको जित

काठमाडौं मेयर्स कप क्रिकेटमा बागमति प्रदेश विजयी भएको छ । बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा पारस खड्का र विनोद भण्डारीले शतक बनाएको खेलमा बागमतिले त्रिभुवन आर्मीलाई १० रनले पराजित हरायो।

तर, बागमतिको यो जित सुखद् भने रहेन । ऊ आर्मीविरुद्धको खेल सकिनुअघि नै जिते पनि फाइलन पुग्न नसक्ने निश्चित भइसेको थियो। एपिएफले मेयर्स ११ हराएपछि यस्तो भएको हो। २ जित र २ हारको सामाना गरेको बागमति तेस्रो स्थानमा रह्यो।

पहिला ब्याटिङ गर्दै बागमतीले दिएको २६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा आलआउट हुँदै २५६ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान विनोद भण्डारीले शतकीय इनिङ खेले । उनले ११४ बद खेल्दै ८ चौका र ७ छक्काको सहयोगमा ११९ रन बनाए ।

यस्तै, लोकेश बमले ३८ बलमा ४७ रन बनाए भने करण केसीले २४ र रोहित पौडेलले १५ रन बनाए। आर्मीलाई अलआउट गर्ने क्रममा ओरियो पौडेलले ८.१ ओभरमा ४६ रन खर्चेर ५ विकेट लिए भने रामनरेश गिरीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतिले पारस खड्काको शतक मद्दतमा ४९.४ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो । बागमतीका लागि पारसले १३३ बलमा ११ चौका र २ छक्का प्रहारगर्दै ११९ रन बनाए ।

यस्तै नन्दन यादवले अविजित रहँदै २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए भने इशान पाण्डेले २६ र आदील खानले २१ रन बनाए । आर्मीका सोमपाल कामीले १० ओभरमा ६५ रन खर्चेर ५ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.