काठमाडौं मेयर्स कप क्रिकेटको तालिका सर्वाजनिक

काठमाडौं मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगिताको तालिका सर्वाजनक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताको तालिका सर्वाजनिक गरेको हो।

सार्वजनक तालिका अनुसार पहिलो दिन फागुन २२ गते प्रधानमन्त्री कपका फाइनलिस्ट त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब भिड्ने छन् भने अर्को खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश भिड्ने छन्। आर्मी र एपिएफबीचको खेल टियू मैदानमा हुने छ भने पुलिस र बागमतीबीचको खेल मुलपानी मैदानमा हुनेछ ।

प्रतियोगिता क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको हो। प्रतियोगिता फागुन २९ गते सम्म चल्ने छन् ।

सिंगल राउन्ड रोविनका आधारमा हुने एकदिवसीय प्रतियोगितामा काठमाडौं मेयर–११सहित ५ टिम सहभागी हुने छन् । अन्य चार टिम पिएम कप क्रिकेटका सेमिफाइनलिस्ट हुन् । जसमा एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी र बागमति प्रदेश छन्।

यस्तो छ तालिका

  • फागुन २२

आर्मी भर्सेस एपिएफ (टियू)
पुलिस भर्सेस बागमती (मुलपानी)

  • फागुन २३

एपिएफ भर्सेस पुलिस (टियू)
मेयर्स ११ भर्सेस बागमती (मुलपानी)

  • फागुन २४

आर्मी भर्सेस मेयर्स ११ (टियू)

  • फागुन २५

बागमती भर्सेस एपिएफ (टियू)
पुलिस भर्सेस आर्मी (मुलपानी)

  • फागुन २६

मेयर्स ११ भर्सेस पुलिस (टियू)

  • फागुन २७

बागमती भर्सेस आर्मी (टियू)
एपिएफ भर्सेस मेयर्स ११ (मुलपानी)

  • फागुन २९

लिगका शीर्ष दुई टिम फाइनल (टियू)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.