मेयर्स कप फाइनल : गुल्सन र सागर चम्किँदा एपिएफ १०६ रनमै अलआउट

फास्ट बलर गुल्सन झा र स्पिनर सागर ढकालले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं मेयर्स कप क्रिकेटको फाइलनमा पुलिस क्लबले एपिएफलाई १०६ रनमै अलआउट गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफ गुल्सन र सागरले उत्कृष्ट बलिङ गरेपछि २९.४ ओभरमा अलआउट हुँदै १०५ रन मात्रै बनाउन सक्यो । एपिएफका लागि बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमरसिंह रौटेलाले समान १८–१८ तथा भुवन कार्कीले १४ रन बनाए।

एपिएफलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले ७.४ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । यस्तै, गुल्सनल सात ओभरमा ३६ रन खर्चेर ४ विकेट नै लिए । पवन सर्राफ र ललितनारायण राजवंशीले समान १ विकेट लिए।

१०७ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले जवाफी ब्याटिङ थालिसकेको छ । उसले १० ओभरमा विनाक्षति ३२ रन बनाएको छ । उसका सुनिल धमला १३ र कुशल भुर्तेल १५ रन बनाएर क्रिजमा छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.