एपिएफलाई हराउँदै पुलिसले जित्यो मेसर्य कप उपाधि

काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलस क्लबले जितेको छ । शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा एपीएफमाथि ८ विकेटको जित निकाल्दै पुलिसले उपाधि उचालेको हो।

पहिला ब्याटिङ गर्दै एपिएफले दिएको १०६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा २ विकेट गुमाउँदै भट्टायो । दिपेन्द्रसिंह ऐरीले २५औं ओभरको पहिलो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै जित निश्चित गरेका थिए ।

उसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ८२ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । उनले कुशल भुर्तेलसँग ३३ रनको साझेदारी गरे । यस्तै अनिल र कुशल भुर्तेलले समान १५ रन बनाए । एपीएफका लागि भुवन कार्की र अभिनाश बोहराले १–१ विकेट लिए।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफ गुल्सन र सागरले उत्कृष्ट बलिङ गरेपछि २९.४ ओभरमा अलआउट हुँदै १०५ रन मात्रै बनाउन सक्यो । एपिएफका लागि बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमरसिंह रौटेलाले समान १८–१८ तथा भुवन कार्कीले १४ रन बनाए।

एपिएफलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले ७.४ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । यस्तै, गुल्सनल सात ओभरमा ३६ रन खर्चेर ४ विकेट नै लिए । पवन सर्राफ र ललितनारायण राजवंशीले समान १ विकेट लिए।

पुलिसले गत वर्ष तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेयता पहिलो पटक ५० ओभरको क्रिकेटको उपाधि जितेको हो । उता एपीएफले भने लगातार दुईवटा एकदिवसीय क्रिकेटमा उपविजेतामै चित्त बुझाउनुप¥यो । माघमा भएको प्रधानमन्त्री कपको फाइनलमा एपीएफ त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो संस्करणको मेयर्स कप जित्दै पुलिसले नगद ५ लाख रुपैयाँ हात पा¥यो । उपविजेता एपीएफले ३ लाख पायो । पुलिसले फाइनल जित्दै लिग चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.