काठमाडौं मेयर्स कप क्रिकेट आजबाट, वर्षाका कारण खेल ढिला सुरु हुने

काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ। उद्घाटन खेलमा प्रधानमन्त्री कपका फाइनलिस्ट त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब टियू मैदानमा तथा नेपाल पुलिस क्लब र बागमती प्रदेश मुलपानी क्रिकेट मैदानमा भिड्ने छन्।

शुक्रबार राति भएको वर्षाका मैदान ओसिलो भएको दुवै खेल केही ढिला सुरु हुने भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन कर्याक्रम टियू मैदानमा हुँदै छ।

प्रतियोगिता क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको हो। प्रतियोगिता फागुन २९ गते सम्म चल्ने छन् ।

सिंगल राउन्ड रोविनका आधारमा हुने एकदिवसीय प्रतियोगितामा काठमाडौं मेयर–११सहित ५ टिम सहभागी हुने छन् । अन्य चार टिम पिएम कप क्रिकेटका सेमिफाइनलिस्ट हुन् । जसमा एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी र बागमति प्रदेश छन्।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । यस्तै म्यान अफ दि सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५–२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार दिइने क्यानले जनाएको छ ।

यस्तो छ तालिका

  • फागुन २२

आर्मी भर्सेस एपिएफ (टियू)
पुलिस भर्सेस बागमती (मुलपानी)

  • फागुन २३

एपिएफ भर्सेस पुलिस (टियू)
मेयर्स ११ भर्सेस बागमती (मुलपानी)

  • फागुन २४

आर्मी भर्सेस मेयर्स ११ (टियू)

  • फागुन २५

बागमती भर्सेस एपिएफ (टियू)
पुलिस भर्सेस आर्मी (मुलपानी)

  • फागुन २६

मेयर्स ११ भर्सेस पुलिस (टियू)

  • फागुन २७

बागमती भर्सेस आर्मी (टियू)
एपिएफ भर्सेस मेयर्स ११ (मुलपानी)

  • फागुन २९

लिगका शीर्ष दुई टिम फाइनल (टियू)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.