मेयर्स कपका लागि आर्मीको टिम घोषणा, सोमपाल, करण र कुशल टिममा फर्किए

शनिबारबाट सुरु हुने काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबले टिम घोषणा गरेको छ । आर्मीले बिहीबार घोषणा गरेको १५ सदस्यीय टिममा राष्ट्रिय टिमका सदस्य सोमपाल कामी, करण केसी र कुशल मल्ललाई पनि समेटेको छ ।

अघिल्लो महिना भएको प्रधानमन्त्री कपमा भने सोमपाल, करण र कुशल आर्मीको टिममा थिएनन् । युएईमा भएको टि–१० लिगमा आबद्ध भएकाले तीनै खेलाडीले प्रधानमन्त्री कप गुमाएका थिए । यी खेलाडी विनै आर्मीले उपाधि जितेको थियो।

सोमपाल, करण र कुलश आर्मीको टिममा पर्दा प्रधानमन्त्री कप खेलेका हरिकृष्ण झा, आकाश चन्द टिमबाट बाहिरिएको छ। प्रधानमन्त्री कपको ठीक अगाडि अबुन्धन गरेका लोकेश बम भने मेयर्स कपको टिममा पनि स्थान बनाउन सफल भएका छन् ।

बिहीबार घोषणा गरिएको टिममा सोमपाल, करण, कुशल र लोकेशसँगै विनोद भण्डारी, विक्रम सोब, र रोहित पौडेल छन् । यस्तै, भीम सार्की, हरि चौहान, राजेश पुलामीमगर, जितेन्द्र मुखिया, सुशन भारी, शहाब आलम, अनिल मण्डल र राजु रिजाल पनि टिममा समेटिएका छन् । आर्मीको प्रशिक्षकमा चन्द्र साउद छन् भने म्यानेजरका रुपमा राजिव चन्द रहेका छन्।

मेयर्स कपमा प्रधानमन्त्री कपका सेमिफाइनलिस्ट आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती तथा मेयर्स ११ गरी ५ टिम हसभगाी हुने छन् । टियू र मुलपानी मैदानमा हुने प्रतियोगिता २९ फागुनसम्म चल्ने छ। प्रतियोगितामा सिंगल राउण्ड रोविनका आधारमा हुन् ।

यस्तो छ तालिका

  • फागुन २२

आर्मी भर्सेस एपिएफ (टियू)
पुलिस भर्सेस बागमती (मुलपानी)

  • फागुन २३

एपिएफ भर्सेस पुलिस (टियू)
मेयर्स ११ भर्सेस बागमती (मुलपानी)

  • फागुन २४

आर्मी भर्सेस मेयर्स ११ (टियू)

  • फागुन २५

बागमती भर्सेस एपिएफ (टियू)
पुलिस भर्सेस आर्मी (मुलपानी)

  • फागुन २६

मेयर्स ११ भर्सेस पुलिस (टियू)

  • फागुन २७

बागमती भर्सेस आर्मी (टियू)
एपिएफ भर्सेस मेयर्स ११ (मुलपानी)

  • फागुन २९

लिगका शीर्ष दुई टिम फाइनल (टियू)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.