काडमाडौं र भैरवाहबीचको खेल स्थगित

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किंग्स इलाभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ। कीर्तिपुरमा बिहानै परेको वर्षाका कारण मैदान भिजेकाले खेल स्थिगित भएको हो।

खेल बिहान ९ः३० बजे सुरु हुने तालिका थियो । तर, मैदानका भिजेका कारण टस नै नभइ खेल स्थगित भएको हो। स्थगित खेल अन्य दिनमा खेलाने छ, तर मिति भने तय भइकसेको छैन।

काठमाडौं र भैरहवाका दुवै टोलीका कप्तान र अम्पायरले लामो समयको छलफलपछि खेल स्थगित गर्ने निर्णय लिएका हुन्।

तीन खेलमा ४ अंक जोडेको भैरहवा दोस्रो स्थानमा छ भने २ खेलमा २ अंक जोडेको काठमाडौं पाँचौं स्थानमा छ।

Facebook Comments Box