आइरिस अलराउन्डर ओ’ब्रायनले छाडे अन्तर्राष्ट्रिय क्रिकेट

Read Time:2 मिनेट

आइरिस अलराउण्डर केभिन ओ’ब्रायनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३८ वर्षीइ ओ’ब्रायनले ट्वीटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेट छाडेको घोषणा गरेका हुन्।

गत वर्ष नै एकदिवसीय क्रिकेट छाडेका ओ’ब्राय आयरल्यान्डले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट अलराउन्डर हुन्। त्यो तथ्यांकले पुष्टी गर्छ । उनले अन्तिम पटक सन् २०२१ को अक्टोबर २२ मा नामिबियाविरुद्ध अन्तिम पटक आरल्यान्डको जर्सीमा देखिएका थिए ।

ओ’ब्रायनले टि–२० विश्वकपपछि सन्न्यास लिन चाहेका थिए, तर लगभग वर्ष आइरिस टिममा पर्न असफल भएपछि नउनले सन्न्यासको घोषणा गरेका हुन्। ‘मैले १६ वर्षमा देशका लागि ३८९ खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएको छु,’ सन्न्यासको घोषणा गर्दै उनले लेखेका छन्, ‘टी–२० विश्वकपमा मेरो करियर अन्त्य गर्ने आशा राखेको थिएँ, तर गत वर्षको विश्वकपपछि टिममा पर्न सकेको छैन । छनोटकर्ता र व्यवस्थापनले अरु नै कुरा खोजिरहेको मलाई अनुभव भएको छ । त्यसैले यो निर्णय लिएँ’

सन्न्यास लिँदै उनले आफ्नो जीवन चरणमा पुगेको बताएका छन्। उनले आफ्नै कोचिङ एकेडेमीलाई विकास गर्न लाग्ने बताएका छन्। उनले विदेशमा प्रशिक्षणको अनुभव लिने पनि उल्लेख गरेका छन्।

ओ’ब्राइनले आयरल्याण्ड लागि ३ टेष्ट, १५३ एकदिवशीय र ११० टि–२० खेल खेलेका छन् । उनी आयरल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटका तीनै फर्म्याटमा शतक बनाउने एकमात्र खेलाडी हुन्।

ओ’ब्राइनले काठमाडाैं किंग्सबाट एभरेष्ट प्रिमियर लिग पनि खेलेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतले महिला साफ च्याम्पियनसिप खेल्न नपाउने, नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर
Next post आयशा बनिन् पहिलो महिला पारातेक्वान्दो प्रशिक्षक
Close