केएल राहुल अस्पताल भर्ना

भारतीय टप अर्डर ब्याट्सम्यान तथा आइपिएल टिम पञ्जाब किङ्सका कप्तान केएल राहुल अपस्पताल भर्ना भएका छन् । एपेन्डिसाइटिसका कारण शनिबार राति अत्याधिक पेट दुखेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको क्लबले जनाएको छ।

राहुललाई एपेन्डिसाइटिस भएको र उनको शल्यक्रिया गर्नुपर्ने भएको छ। शल्यक्रिया गर्नुपर्ने पछि राहुलले आईपिएलका केही खेल गुमाउने भएका छन् ।

उनको अनुपस्थितिमा मायंक अग्रवालले पञ्जाबको कप्तानी गरिरहका छन् । आज पञ्जाबले दिल्ली क्यापिटल्ससँग खेल्दै छ। राहुलले उपचारपछि केही दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

पछिल्ला दुई सिजनदेखि आईपिएलमा उत्कृष्ट फर्ममा रहेका राहुलको अनुपस्थितिमा पञ्जाब केही दबाबमा पर्ने निश्चित छ । यो सिजन उनी सर्वाधिक रन बनाउनको शीर्ष स्थानमा छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.