चोटका कारण लामो समयपछि मैदान फर्किएका केएल राहुलले पहिलो खेलमै शानदार शतक बनाएका छन्। पूर्णरुपमा फिट नहुँदै एसिया कपको टिममा परेका राहुलले सुपर फोरमा पाकिस्तानविरुद्ध श्रीलंकाको प्रेमदासा रंगशालामा शतक प्रहार गरेका हुन्।
पाकिस्तानविरुद्ध अन्तिम समय श्रेयस ऐयर घाइते भएपछि मौका पाएका राहुलले १ सय बलमा १० चौका र २ छक्का प्रहार गर्दै पुरा गरे। उनी आईपिएलमा घाइते पछि पहिलो पटक मैदान उत्रिएका हुन्।
एकदिवसीय क्रिकेटमा राहुलको यो छैठाैं शतक हो। उनले भारतका लागि ५४ खेल खेलेका छन्।
राहुलले पाकिस्तानविरुद्ध तेस्रो विकेटका लागि विराट कोहलीसँग २३३ रनको कीर्तिमानी साझेदारी गरेका थिए।