आईपिएलमा पञ्जाबको दोस्रो जित, बैंग्लोर ८ विकेटले पराजित

Read Time:2 Minute

इन्डियन प्रिमियर लिग (आईपिएल)मा किंग्स इलावेन पञ्जाबले दोस्रो जित निकालेको छ । बिहीबार राति सारजाहमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लेरलाई ८ विकेटले हराउँदै पञ्जबले प्रतियोगितामा दोस्रो जित निकलोको हो ।

पहिला ब्याटिङ गर्दै बैंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले अन्तिम बलमा ८ विकेटको जित निकाल्यो । अन्तिम तीन ओभरमा बैंग्लोरले उत्कृष्ट बलिङ गरेपछि खेल रोमाञ्चक बनेको थियो । तीनमा ओभरमा पञ्जाबलाई जितका लागि ११ रनमा मात्र चाएिको थियो । २ ओभरमा पञ्जाबले ९ रन बनायो, अन्तिम ओभरमा जितका लागि २ रन चाहियो । अन्तिम ओभरमा युजभेन्द्र चाहलले उत्कृष्ट बलिङ गरेपछि २ रन बनाउन पनि पञ्जाबले संघर्ष गरेको थियो ।

पन्जाबको जितमा कप्तान केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गरे । यस्तै, यो सिजन पहिलो खेल खेलिरहेका क्रिस गेलले ४५ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ५३ रन बनाए । यस्तै, मायंक अग्रवालले ४५ रन बनाए ।

मायंक र राहुलले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए । यस्तो दोस्रो विकेटका लागि गेल र राहुलले ९३ रनको साझेदारी गरेका थिए । बैंग्लोरका लागि चहलले १ विकेट लिए ।

यसअघि शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । कप्तान बिराट कोहली बैंग्लोरका टप स्कोरर रहे । उनले ३९ बलमा ४८ रन बनाए । आरोन फिन्च २० रनमा आउट भए । क्रिस मोरिसले ८ बलमा नटआउट २५ रन बनाए ।बलिङतर्फ मोहम्मद सामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।

प्रतियोगितामा २ जित मात्र निकालेको पञ्जाब ४ अंकसहित पुछारमा छ । पञ्जाबका दुवै जित बैंग्लोर माथि नै थियो । उसले पहिले खेलमा पञ्जाबलाई ९७ रनले हराएको थियो । यता, बैंग्लोरको भने तेस्रो हार हो । ८ खेलमा ५ जित निकालेको बैंग्लोर १० अंकसहित तेस्रो स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इटाली फर्किए रोनाल्डो
Next post मोटिङको दुई गोलमा बायर्नन विजयी
Close